Quantcast
Channel:
Viewing all articles
Browse latest Browse all 10

देवानन्द रिमाल ,न्याउल्याखेलमा प्राज्ञिक समाज टीकापुरद्वारा नगद पुरस्कार सहित सम्मानित

$
0
0

शेर बहादुर बिष्ट
भाद्र २७ टीकापुर
देवानन्द रिमाल न्याउल्या लेखमा टीकापुर प्राज्ञिकसमाजबाट नगद पुरस्कार सहित सम्मानित भएका छन ।रिमालले कृति न्याउल्यामा रसालङ्कार पुस्तक प्रकाशनवाफत उक्त पुरस्कार प्राप्त गर्नुभएकाे हाे ।सम्मान तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि टीकमपुर बहुमुखि क्याम्पस प्रमुख ढबिन्द्र बहादुर रावल रहनु भएकाे थियाे ।प्रमुख अतिथि रावलले सम्बाेधन गर्दै रिमालकाे रचनामा कालीदेखि कर्णाली सम्मका न्याउल्याखेलमा खेलिने वा प्रयाेग गरिने गीतकाे खाेज तथा अनुसन्धान गरेर स्पस्ट व्याख्या गरेकाे बताउदै साहित्य जति निचाेरे पनि आनन्दित रस आउने बताउनु भयाे ।
प्रस्तुत पुस्तकबारे समालाेचनात्मक व्याख्या गर्दै डा याेगेन्द्र बज्गाईले रिमाललेलेख मार्फत काली र कर्णालिमा खेलिने तथा गाईने देउ्डा नभएर न्याउल्या भएकाे प्रष्ट पारेकाे बताउनु भयाे ।यस्तै वहाले लेखककाे आफ्नाे दृष्टकाेण हुने बताउनु भयाे ।
कार्यक्रममा धन कृष्ण उपाध्याय, तारा प्रसाद जाेशी लगाएतले शुभ कामना प्रस्तुत गरेका थिए कार्यक्रममा लेखक देवानन्द रिमाललाई नर राजु माेबरा प्राज्ञिक पुरस्कार रू दस हजार एक रूपैया नगद र प्रशंसा पत्र प्रदान गरिएकाे थियाे स्व माेहन बहादुर रावलले २०७० सालमा नगद एक लाख एकाउन्न हजारकाे वुवा नरपति रावल र आमा राजुदेबि रावलकाे नाममा प्राज्ञिक समाज टीकापुरमा अक्षयकाेष खडागरि नर राजु माेबरा प्राज्ञिक पुरस्कारकाे स्थापना गरेका थिए ।पुरस्कार बितरण २०७१ सालबाट टीकापुर भित्र र बाहिरका विभिन्न ब्यक्ति तथा संस्थालाई प्रदान गर्नेगरेकाे प्राज्ञिक समाज टीकापुरका अध्यक्ष खगेन्द्र उपाध्यााय बताउनु भयाे ।कार्यक्रममा स्वागत प्राज्ञिक समाज टीकापुरका उपाध्यक्ष भिम बहादुर बिकले गरेका थिए । सम्मान तथा पुरस्कार बितरण समाराेहकाे अध्यक्षता प्राज्ञिक समाज टीकापुरका अध्यक्ष खगेन्द्र प्रसाद उपनध्यायले गरेका थिएभने सञ्चालन बिरेन्द्र बिद्या मन्दिर माबिका प्रअ तथा पुरस्कार छनाैट समितिका सचिब फणिन्द्र रेग्मीले गरेका थिए ।


Viewing all articles
Browse latest Browse all 10