Quantcast
Channel:
Viewing all articles
Browse latest Browse all 10

महालक्ष्मी गार्मेन्टकाे वार्षिकाेत्सव समाराेह सम्पन्न

$
0
0

शेर बहादुर बिष्ट
टीकापुर २५ भाद्र
महालक्ष्मी गार्मेन्ट टीकापुरले आठाै बार्षिकउत्सव तथा तिज मिलन कार्यक्रम मनाएकाे छ । साेमबार विशेष कार्यक्रमका साथ उक्त कार्यक्रम गरिएकाे थियाे ।टीकापुर नगरक्षेत्र र जानकि गाउँ पालिकामा रहेका प्राय सबै शैक्षिक संस्थाहरूका प्रधानाध्यापक तथा प्रतिनिधि ,उद्याेग वाणिज्य संघ टीकापुरकाका बर्तमान तथा भुपु केही पदाधिकारी बुद्दिजिबि समाजसेवि र जन प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे । टीकापुर नगरपालिका उप प्रमुख खडक बहादुर शाह कार्यक्रमका प्रमुख अतिथि रहनु भएकाे थियाे ।कार्यक्रमलाई सम्बाेधन गर्दै उप प्रमुख शाहले महालक्ष्मि गार्मेन्टले सेवालाई व्यबशायमा जाेडेर महत्वपुर्ण काम गरेकाेबताउदै बेराेज्गार बढीरहेकाे अबस्थामा ६० जना जति जनालाई स्वराेज्गार प्रदानगरि गुणस्तरिय सेवा प्रदान गर्नेगरेकाे बताउनु भयाे ।वहाले स्थानिय स्तरमा सामान उत्पादनले पुजि बाहिर जानबाट राेकिएकाे बताउनु भयाे ।उप प्रमुख शाहले सेवा र अनबतरूपमा खटिने गार्मेन्टका सञ्चालक प्रकाश तिमिल्सैना र चक्र चन्द शाेडारीलाई धन्यबाद प्रकट गर्नु भयाे ।यस्तै वहाले आफ्नाे कार्यकालकाे शुरूकाे बजेटमै उद्याेग क्षत्रकाे बिकाशकालागि बजेट छुट्याएकाे बताउदै त्यसकाे प्रकृयामा रहेकाे बताउनु भयाे ।कार्यक्रमलाई सम्बाेधन गर्दै युनाईटेड एकाडमिका अध्यक्ष तथा समाजसेवि नवराज रावलले समाजसेवि मातृका तिमिल्सिनाले स्थानिय उद्याेगकाे कल्पना गरेर स्वराेज्गारकाे वातावरण बनाएर राम्राे काम गर्नु भएकाे बताउनु भयाे ।रावलले बिगतमा टीकापुर बिकास समितिले आैाद्याेगिक क्षत्रकाे अबधारण ल्याएकाे तर निश्चित अबधिसम्मकालागि लिजमा उद्याेग खाेल्न दिनुपर्नेमना त्यसाे नगरेर उद्याेगकै नाममा जग्गा हस्तान्तरणले आज आैद्याेगिक क्षेत्रकाे जग्गा टुक्रा टुक्रागरि बिक्रिभई दुरूपयाेग भएकाे बताउनु भयाे । उद्याेग वाणिज्य संघ टीकापुरका निबर्तमान अध्यक्ष राम बहादुर भण्डारीले टीकापुरका केही गराै भन्ने सकारात्मक साेच भएका युवाहरू यस गार्मेन्टकाे ग्रुपमा जाेडिएकाे बताउदै यसले समाजमा सकारात्मक सन्देश गएकाे बताउनु भयाे ।कार्यक्रमा कर्णाली मा बिका प्रअ धर्मराज शर्माले महालक्ष्मि गार्मेन्टले स्थानिय स्तरमै गरणस्तरिय सेवा प्रदान गरेकाे बताउनु भयाे ।निजि शैक्षिक संस्था प्याब्सनका नगर अध्यक्ष मान बहादुर थापाले गार्मेन्टकाे प्रगतिकाे कामना गर्दै शुभ कामना ब्यक्त गरेका थिए ।कार्यक्रममा स्वागत गार्मेन्टका प्राेपराईटर प्रकाश तिमिल्सैनाले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन अर्का प्राेपराईटर चक्र चन्द शाेडारीले गरेका थिए ।कार्यक्रमकाे अन्तमा कार्यक्रमकाे सभापतित्व गर्नु भएका मातृका तिमिल्सैनाले झण्डै ४० लाखकाे लगानिमा खाेलिएकाे गार्मेन्टले कम आम्दानि भएपनि टीकापुरमा सेवादिन पाएकाेमा आफुलाई सन्तुष्टि भएकाे बताउनु भयाे । वहाले स्थानिय स्तरमा ब्यापारकाे साथसाथै उत्पादन र राेज्गारमुलक ब्यबशायलाई प्राथमिकतादिन अनुराेध गर्नु भयाे ।यस्तै वहाले टीकापुरमा आैद्याेगिक क्षत्र बिबाादित भै रहेकाे अबस्थामा थप गरेर भएपनि आैद्याेगिक क्षेत्र खडागरि कायम गर्नुपर्ने बताउदै स्थानिय स्तरका उद्याेग सञ्चालनकालागि न्युनतम ७ बिगाहा मात्र उपलब्ध गराउन सक्नुपर्ने सल्लाहदिनु भयाे । बार्षिकाेत्सव तथा तीजमिलन कार्यक्रममा गार्मेन्टमा उत्कृष्ठ काम गर्ने केही कर्मचारीहरूलाई सम्मान पत्रकासाथ सम्मान गरपएकाे थियाे ।सम्मानित हुनेहरूमा राजेन्द्र चाैधरी ,सीता कुवर र शुस्मिता चाैधरीलाई सम्मान गरिएकाे थियाे ।कार्यक्रम लक्ष्मण उपाध्यायले सञ्चालन गरेका थिए ।


Viewing all articles
Browse latest Browse all 10