शेर बहादुर बिष्ट
२७ भाद्र
टीकापुर नगरपालिकाकाे आयाेजनामा सर्बदलिय बैठक सम्पन्न भएकाे छ ।टीकापुर नगरपालिकामा सम्भावना भएका विभिन्न कार्यालय स्थापना पहलकाेलागि सहमतिगर्न सर्बदलिय बैठक बाेलाईएकाे हाे ।नगर प्रमुख रामलाल डगाैरा थारूकाे अध्यक्षतामा भएकाे बैठकमा सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मण किशाेर चाैधरी ,नगर उप प्रमुख खडक शाह,टीकापुर नगरपालिका निबर्तमान मेयर तपेन्द्र बहादुर रावल ,जानकी गाँउपालिका निबर्तमान अध्यक्ष प्रदिप चाैधरी ,ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरन्जिबि राना ।टीकापुर नगर पालिका प्रशासकिय अधिकृत मंगल बहादुर शाही ,समाजसेवि नवराज रावल ,माथृका प्रसाद तिमिल्सैना ,शिव थापा ,लाेक बहादुर बुढा ,रबिन्द बिष्ट लगाएत बुद्दिजिबि र सञ्चारकर्मिहरूकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रममा नगर प्रमुखले बैठक बालाउनुकाे कारण र सम्भावनाबारे बाेल्नु भएकाे थियाे ।बैठकमा उहाले हालै टीकापुर नगरपालिकाकाे अठाैं बैठकले हालै गरेकाे निर्णय बारे बाेल्दै टीकापुर नगरपालिकामा क्वारेन्टाईन ,कृषि अनुसन्धान केन्द्र नार्क र नेपाल आयलकाे डिपाे स्थापनाकालागि आबश्यक पहल गर्ने निर्णय गरेकाे बताउनु भयाे ।प्रदेश सदस्य लक्षमणकिशाेर चाैधरीले टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदअरूलनई सम्भावित कनर्यालय स्थापनाकालागि पहल गर्ने जिम्मा दिनु पर्ने बताउनु भयाे ।समाज सेवि नवराज रावलले डिपाे स्थापनाकालागि निशुल्क जग्गा प्रदान गर्न सकेमा सहजहुने र पहलकाेलागि आफुले समन्वय गरिरहेकाे बताउनु भयाे ।निबर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले सम्भावित संस्ताकालागि आबश्यक जग्गाकाे एकपन गरेरमात्र निर्णय लिनु पर्ने बताउदै बिकासमा आफु सधै सहयाेग गर्ने बताउनु भयाे ।बैठकमा मातृका तिमिल्सैना , शिव थापा लगाएतले मन्तब्य राखेका थिए ।
↧
टीकापुर नगरपालिकाकाे आयाेजनामा सर्बदलिय बैठक सम्पन्न
↧