Quantcast
Channel:
Viewing all articles
Browse latest Browse all 10

गाैशाला निर्माणकालागि महायज्ञ मंशिर १६ देखि २१ सम्म

$
0
0

मंशिर ११ टीकापुर
शेर बहादुर बिष्ट ।
गा‌ैशाला निर्माणकालागि टीकापुरमा मंशिर१६ देखि २१ सम्म महायज्ञ हुने भएकाे छ ।मंगलबार महायज्ञकाेलागि पत्रकार सम्मेलन गरिएकाे थियाे ।महायज्ञकाे मुल उद्ेश्य गाईकाेगाेठ निर्माण र आहारा ब्यबस्थापनकालागि सहयाेग जुटाउने रहेकाे छ ।महायज्ञमा विभिन्न किसिमका सहयाेगका कार्यक्रमहरू गर्न सकिने घाेषणा गरिएकाे छ ।यस्तै महायज्ञ अबधिभर गरिने कार्यक्रम अनुसार दैनिक याेग साधना,१००८ शालिग्रनम पुजन,प्रत्येक बिद्यालयका शिक्षकलाई निशुल्क संगित सिकाइने,भागवत प्रबचन पुजा तथा दैनिक रूद्रिपाठ ,,भजन किर्तन र झाँकि प्रदर्शन तथा नाचगान हुने कार्यक्रममा रहेकाे छ ।यस महायज्ञमा दैनिक नियमित कार्क्रमकासाथ बालबालिकालाई बाल संस्कार सिकाउने नया खालकाे कार्यक्रम राखिएकाे छ ।महायज्ञमा ११ सय शान्ति कलश स्थापना गरि पुजा गरिने जस कलशमा गंगा ,जमुना, सरस्वती,कावेरी,नर्मदा ,सरयु,गण्डकी नदीकाे जलकासाथ विभिन्न पबित्र सुगन्धित आयुर्बेद आैषधिकासाथ सप्तसागरकाे जल राखि कलशलाई स्थापना गरिने र साे कलश बेदपाठ वैदिक ब्रामणहरूकाे बेदाेच्चाेरणले शान्ति गरिएका कलश घरमा राख्दा घरमा अनिष्ठ कुरा नहुने हुदा कलश सबैलाई किनेर लैजान सबैलाई अनुराेध गरिनेकुरा महायज्ञ मुल आयाेजन समितिका अध्यक्ष द्वारिका शर्माले बताउनु भयाे । महायज्ञमा स्थापना गरिएका शान्ति कलशकाे प्रति कलशकाे ११ सय रूपैया मूल्य निर्धारण गरिएकाे छ । अध्यक्ष शर्माले गाईकाे गाेठ निर्माणकालागि सबै वडालाई सहयाेगकालागि अनुराेध गरिएकाे बताउनु भयाे ।यस अभियान अन्तर्गत टीकापुर ४ नं वडाले सक्दाेसहयाेग गर्ने वचन दिएकाे बताउनु भयाे ।महायज्ञमा अन्तराष्ट्रिय भागवत भुषण वाचन सिराेमणि आचार्य श्री नारायण शरण ज्यु ( सन्जेजि महाराज) प्रमुख वाचक रहने बताईएकाे छ ।हाम्राे हिन्दु संस्कारमा गाईलाई गाैमाताभनि सम्मान गरिएकाे छ ।आफुले दूध खाएर वेवारिसे बनाउनुमा गाईकाे के दाेष रहेकाे छ ।छाडा गाई खेति खाने भनेर झन गाईलाई हेला गर्ने गरिएकाे छ।गाईलाई ब्यबस्थापन गर्नु हामी सबैकाे जिम्मेवारी हाे । गाईकाे हाम्राे हरेक संस्कारमा आबश्यक पर्दछ ।बिबाह,ब्रतबन्ध देखि मृत्यु संस्कारमा गाईकाे गाेबर गहुत दुध दहि आबश्यक हुन्छ ।हरेक बर्ष हरेकले गर्ने आफ्नाे आमा वुवाकाे श्रादमा मात्र गाईकाेनाममा टीकापुर रआपसपासका गाबिसका ब्यक्तिले थाेरै सहयाेग गर्ने हाे भने पनि ठुलाे सहयाेग जुट्ने देखिन्छ तर यसमा गाैशाला ब्यबस्थापन समितिले ठाेस कार्यक्रमल्याएर सहयाेग संकलन गर्नु सक्नु पर्दछ ।अहिले आयाेजना गरेकाे महायज्ञमा सबैले सक्दाे सहयाेग गरेर चिसाेबाट गाईलाई बचाउन सक्नु पर्दछ ।


Viewing all articles
Browse latest Browse all 10