शेर बहादुर बिष्ट
३१ भाद्र टीकापुर
भारतीय राजदुत नवीन श्री वास्तवले टीकापुर बहुमुखि क्याम्पसकाे भवनकाे उद्घाटन गरेका छन । टीकापुर बहुमुखि क्याम्पसकाे शैक्षिक भवन र पुस्तकाय भवन २कराेड ५२ लाखमा सम्पन्न भएकाे थियाे ।लामाे समयदेखि उद्घाटनकाे कार्यक्रम राेकिएकाेमा उक्त कार्यक्रम गरिएकाे थियाे ।उद्घाटन कार्यक्रममा बाेल्दै राजदुत नविन श्री वास्तवले भारत यस क्षेत्रमा आफ्नाे बिकास संगसंगै नेपाललाईपनि संगै लिन चाहन्छ । भारत नेपालकाे सम्बन्ध अरू देशसंग तुलना गर्न नसिने बताउदै नेपालसंग ब्यग्तिगत ,व्यापार, धार्मिक तथा सास्कृतिकसम्बन्ध रहेकाे बताउनु भयाे। भारत सरकारकाे कम्युनिटी डेभ्लाेपमेन्ट प्राेजेक्ट अन्तर्गत ५ कराेड सम्म सहयाेगगर्ने कार्यक्रम अन्तर्गत याे क्याम्पसलाई सहयाेग गरेकाे बताउदै यस अन्गर्गत बिद्यालय स्वास्थ्य क्षेत्र र खानेपानीमा सहयाेग गर्ने गरेकाे बताउनु भयाे उहाले हाल सुदूरपश्चिम क्षेत्रमा ४० वटा याेजना सञ्चालनमा रहृकाेमा ३० वटा याेजना सम्पन्न भएका र १० वटा याेजना निर्माण क्रममा भएकाे बताउनु भयाे , उहाले भारतीय दुताबास अन्तर्गत स्कुल बस र एम्बुलेन्स बितरण गरिरहेकाे बताउनु भयाे ।कार्यक्रममा स्वागत गर्दै क्याम्पस प्रमुद ढबिन्द्र रावलले सहयाेगकाेलागि भारत सरकारलाई धन्यबाद प्रकट गर्दै टीकापुर बहुमुखि,क्याम्पसले सन २००१मा त्रिभुवन विश्व बिद्यालयबाट शैक्षिक मापदण्ड QAA प्राप्त गरेकाे बताउदै सन २०१८मा सुदूरपश्चिम विश्व बिद्यालयमा समाहित भै यस क्याम्पसले यसक्षेत्रकाे शैक्षिक नेतृत्व गरिरहेकाे बताउनु भयाे ।कार्यक्रममा बाेल्दै सुदूरपश्चिमफबिश्व बिद्यालयका उप कुलपति अमरराज जाेशीले यस क्याम्पसले पहिलाे चरण पूरा गरेकाे बताउदै यस क्याम्पसबाट ईजराईल पढ्न गएका ५० जनाकाे अनुभवले थप नया याेजना बन्ने बताउनु भयाे ।यस्तै वहाले सुदूर पश्चिममा याे क्याम्पस एउटा नमुनाकाे रूपमा हुने बताउनु भयाे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मण किशाेर चाैधरीले क्याम्पसकाे बिकासकालागि आफ्नाे प्रयास रहने बताउदै भारतीय राजदुतसंगकाे छाेटाे भेटघाटमा भारतकाे बेलरायदेखि तिकुनिया सम्मकाे बाटाे चारलाईनकाे बनाईदिन आग्रह गरेकाेमा राजदुतबाट पुरागरिने वचन पाएकाे बताउनु भयाे ।कार्यक्रममा ससदूरपश्चिम प्रदेश सांसद ललिता सुनारले क्याम्पसकाे प्रगतिकाे कामना गर्नु भयाे ।कार्क्रममा बाेल्दै भुपु सांसद तथा क्याम्पसका भसपु अध्यक्ष गंगा बहादुर कुवरले यस क्षत्रकै गाैरबकाे यस क्याम्पसकाे जगा अतिक्रमण हुनु दुखकाे कुरा भएकाे बताउदै जन प्रतिनिधिले सुकुम्बासिकाे आबश्यक न्यायाेचित ब्यबस्थापनगरि जग्गा खालि गर्नु पर्ने बताउनु भयाे । कार्क्रमकाे सभापतित्व ग्रहण गरिरहेका जिल्ला समन्वय समिति कैलालीका कार्बाहक संयाेजक खगराज भुसालले यहाकाे क्याम्पस र जन प्रतिनिधिकाे अथक प्रयासले सफल कार्यक्रम भएकाे बताउदै टीकापुर असान्त छ भन्ने भाषिक प्रचारकाे अन्त भएकाे बताउदै यसले सकारात्मक शन्देस जाने बताउदै क्याम्पसकाे प्रगतिका साथ कार्यक्रम बिसर्जन गरनु भयाे ।कार्यक्रम सह प्रध्यापक केदार भट्टराईले सञ्चालन गरेका थिए ।
↧
भारतिय राजदुतद्वारा टीकापुर बहुमुखी क्याम्पसकाे भवन उदघाटन
↧